कोरियामा रहेको प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित गर्न निरन्तर संघर्ष गर्दै आएको एक मात्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।
यसै अनुसार कोरोनको असरले गर्दा जम्मा भएर गर्न नसकिने भएकोले जुम मार्फत प्रवासी श्रमिकलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,बार्षिक बिदा,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०२१ को न्यूनतम तलब , मजदुर युनियन र यसको गतिविधि , खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,कोरोना भिषा लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम २०२१ फेब्रुअरी ६ तारिक सनिबार बेलुकाको ८ बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ
मिति :२०२१ फेब्रुअरी ६ तारिक सनिबार . समय : बेलुका ८ बजे (कोरियन समय)
स्थान: ZOOM ( Meeting ID:838 5941 1540. Passcode 323029)